Section 154
अवलेहनामा कारबाही चलाउन सक्ने
: (१) श्रम अदालतले आफ्नो अवहेलनामा कारबाही चलाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कारबाही चलाउँदा अवहेलना गरेको ठहरिएमा श्रम अदालतले कसूरदारलाई दशहजार रुपैयाँसम्म जरिबानावा छ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।तर श्रम अदालतलाई सन्तोष हुने गरी कसूरदारले क्षमायाचना गरेमा श्रम अदालतले निजलाई क्षमा गर्न वा सजाय
तोकीसकेका भए सजाय माफ गर्न, घटाउन वा श्रम अदालतले तोकेको शर्तमा सजाय मुलतवी राखी त्यस्तो शर्तको पालना भएमा सजाय कार्यान्वयन नगर्ने आदेश दिन सक्नेछ ।